राजनीति

राजनीति गर्ने भए कांग्रेसको सदस्य लिएर आउन प्रधानन्यायाधीशलाई महेश बस्नेतको चेतावनी


काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणालाई राजनीति नगर्न चेतावनी दिनुभएको छ । सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौँको माइतीघर मण्डला नेकपा एमाले ओली निकट युवा संघले गरेको विरोध कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश राणा पूर्वप्रधानन्याधीश खिलराज रेग्मीको नयाँ संस्करण बन्न लागेको टिप्पणी गर्नुभयो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको विरोधमा नेता बस्नेतले यस्तो चेतावनी दिनुभएको हो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएर प्रधानन्यायाधीश राणाले राजनीति गरेको उहाँको भनाइ छ ।

उहाँले राजनीति गर्ने भए राजनीतिक पार्टीमा सामेल हुन राणालाई चुनौती दिनुभएको छ । राजनीति गर्ने मन भए नेपाली कांग्रेस या एमालेमा सामेल हुन उहाँले चेतावनी दिनुभयो ।