977news
१८ फाल्गुन २०७७,मंगलबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. राजनीति

    सरकारप्रति ढुक्क छैनन् उखुकिसान : सहमति पूरा नभए २० दिनपछि फेरि आन्दोलन

    • योहो संवाददाता
    • today2020-12-30 12:48:12

    काठमाडौँ - सरकार र किसानहरुबीच २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ । अघिल्ला वर्षहरुमा पनि सरकारले सम्झौता गरेपनि भुक्तानी नपाएका किसान यो पटक पनि सहमति कार्यान्वयन हुनेमा ढुक्क भने छैनन् । २१ दिन भित्र उद्योगीले भुक्तानी नदिए फेरी आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

    सरकारले २१ दिनभित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि उखु किसानहरु आन्दोलन रोकेर घर फर्केका छन् । तर यो अवधिमा पनि सबै भुक्तानी नपाए फेरी काठमाडौं आएर नयाँ स्वरुपको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले आफुहरुले उद्योगीबाट ९० कारोड रुपैयाँ लिनु पर्नेमा उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै भुक्तानी दिन बाँकी भएको बताएकोले छानबिन गरी भुक्तानी दिलाउने सम्बन्धमा समेत सहमति भएको बताए । 

    अवको २१ दिन अवधिमा के कति भुक्तानी हुन्छ भनि निगरानी गर्ने किसानहरुले बताएका छन् । किसानहरुले आफुले भुक्तानी पाउनुपर्ने सबै मूल्य पाउन नसकेको गुनासो पनि गरेका छन् । सरकारले तोकेको मूल्य भन्दा ३६ रुपैयाँ कममा मूल्य निर्धारण गरी भुक्तानी गर्ने उद्योगीहरुलाई पनि कारबाही गरिनुपर्ने र ब्याज सहित रकम असुली हुनुपर्ने किसानहरुको माग छ । बाँकी रकम छानविनको रिपोर्ट आएपछि सरकारले नै भुक्तानी गराईदिने जिम्मेवारी लिएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताए । 

    उखु किसानहरु उद्योगीबाट भुक्तानी दिलाईदिन माग गर्दै मंसिर २८ गते यता काठमाडौंको माइतीघर मण्डलामा बसेर आन्दोलन गर्दै आएका थिए । गत वर्ष पनि आन्दोलन गरेका किसानहरु सरकारको उपस्थितिमा एक महिना भित्रमा भुक्तानी पाउने सम्झौता गरेर घर फर्किएका थिए । तर उद्योगीहरुले एक वर्ष सम्म पनि भुक्तानी नदिएछि किसानहरु फेरी आन्दोलन गर्न काठमाडौं आएका हुन् ।

     

    banner

    ताजा सूचना

    • विप्लव समुहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा समिति गठन
    • ताप्लेजुङको दोभान बजारमा आगलागी : करिब ४० घर जलेर नष्ट
    • ह्वात्तै घट्यो सुनको भाउ
    • योहो टेलिभिजनमा रिपोर्ट बजेपछि पीडितलाई सहयोग गर्ने भेटिए
    • फेरि संसद विघटन हुन लागे कांग्रेसले सरकारको नेतृत्व गर्छ : महेश आचार्य (भिडियोसहित)

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi