977news
१८ फाल्गुन २०७७,मंगलबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. राजनीति

    मृत्युको २० वर्षपछि पनि उत्तिकै लोकप्रिय राजा वीरेन्द्र

    • योहो संवाददाता
    • today2020-12-30 12:44:39

    काठमाडौँ - स्वर्गीय राजा वीरेन्द्र शाहको ७६ औँ जन्मजयन्ती आज मनाएको छ । ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जलि अर्पण गरिएको छ  । राजा वीरेन्द्र नेपालको शाह वंशीय राजाहरु मध्यका देश भक्त र जनप्रिय भएको सर्वसाधारण बताउछन  ।

    नारायणहिटी दरबारको कहालीलाग्दो हत्याकाण्डमा परी राजा वीरेन्द्रको मृत्यु भएको २० वर्ष बितिसकेको छ । यति लामो भइसक्दा पनि पुरानो पुस्ताका व्यक्तिले मात्र होइन नयाँ पुस्ताले उनको उदार छविलाई बिर्सन सकेको छैन । उनी बाँचिरहेका भए मुलुकमा राजतन्त्रको अन्त्य हुँदैनथ्यो भन्ने अनुमान गर्ने पनि धेरै छन् ।

    २०२८ सालमा राजगद्दी सम्हालेका उनले बाबु महेन्द्रद्वारा अपहरित प्रजातन्त्र पुनःस्थापनाका लागि देखाएको उदारतालाई अहिलेका राजनीतिज्ञसमेत मुक्तकण्ठले प्रशंसा गर्छन् । २०३६ को जनमत संग्रह होस् वा १० वर्षपछि निर्दलीय पञ्चायती व्यवस्था हटाएर प्रजातन्त्र पुनःस्थापना गरेको सन्दर्भ होस् उनको उदारताको प्रशंसा सर्वत्र हुने गर्छ ।

    पञ्चायती व्यवस्थामा राजालाई बढी अधिकार दिइएको थियो । संविधानबमोजिम नै राजा बढी शक्तिशाली हुन्थे । बहुदलीय व्यवस्था आउँदा आफ्ना अधिकार गुम्न सक्ने वीरेन्द्रलाई थाहा नभएको  विषय थिएन । तर पनि राजा वीरेन्द्र  नागरिकलाई अधिकार दिन सहमत भएका थिए ।

    प्रजातन्त्र पुनःस्थापनादेखि लोकतन्त्र हुँदै मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको पनि एक दशक नाघिसकेको छ । राजतन्त्र ढाल्न पाए देशमा चमत्कार हुने राजनीतिक दलकानेताहरू आफ्नै दुनो सोझ्याउन व्यस्त छन् । यस्तो वेला राजा वीरेन्द्रको खाँचो महसुश हुने गरेको छ ।

    banner

    ताजा सूचना

    • विप्लव समुहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा समिति गठन
    • ताप्लेजुङको दोभान बजारमा आगलागी : करिब ४० घर जलेर नष्ट
    • ह्वात्तै घट्यो सुनको भाउ
    • योहो टेलिभिजनमा रिपोर्ट बजेपछि पीडितलाई सहयोग गर्ने भेटिए
    • फेरि संसद विघटन हुन लागे कांग्रेसले सरकारको नेतृत्व गर्छ : महेश आचार्य (भिडियोसहित)

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi