सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहोराद्धारा राजीनामा
योहो संवाददाता
- today2021-01-06 16:22:53
काठमाडौँ - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् ।
बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरे ।
नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व यो प्रदेशमा रहेको छ । यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए ।