उपप्रधानमन्त्री पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइयो
योहो संवाददाता
- today2021-01-12 10:05:28
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थीहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहको आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा उपप्रधानमन्त्री पोखरेलसहित तीन जना मन्त्रीलाई प्रचण्ड–माधव समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् ।
पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् ।
‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ’, लामाले भनिन् । यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो ।