977news
१६ फाल्गुन २०७७,आइतबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. राजनीति

    संसद विघटन हुँदा कोही खुशी छैनौ : प्रभु साह

    • योहो संवाददाता
    • today2021-01-06 16:45:15

    काठमाडौँ  - काम चलाउ सरकारका शहरी विकास मन्त्री प्रभु साहले संसद विघटन गरेर कोही खुशी नभएको बताएका छन् । मङ्गलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।  मन्त्री साहले संसद विघटन आफैमा आत्मघाती रहेको बताए । 

    उनले भने– ‘केही नेता संसद विघटनलाई असंवैधानिक र प्रतिगमन भन्छन्, हामी आफै पनि संसद विघटनबाट खुशी छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’ साहले अघि थप्दै भने, ‘हामीले पाँच वर्षका लागि जितेका हौ भने तीनै वर्षमा छाडीदिउँ भनेर कसले चाहान्छ । यसबाट कोही खुशी छैनन् । त्यसैले यो आफैंमा आत्महत्या हो । तर यो बाध्यता हो ।

    यद्यपि, उनले संसद विघटन संविधान सम्मत नै रहेको जिकिर गरे । संसदबाट दोस्रो सरकार बन्ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको भन्दै उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा उनीसँग ६२ प्रतिशत सांसद रहेको दाबी गरे ।  साहले संसद विघटनको मुद्दा अदालतमा चलिरहेको समयमा त्यसको प्रतिक्षा गर्नुको साटो प्रचण्ड माधव पक्षले आन्दोलन गरेर गैरजिम्मेवारी ढगंले देश बर्बाद गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । 

    banner

    ताजा सूचना

    • मेयर शाक्य पुरातत्त्व विभागप्रति आक्रोशित
    • बलिउड अभिनेता अमिताभ बिरामी : लेखे- सर्जरी...म लेख्न सक्दिनँ
    • प्रचण्डद्वारा सर्वोच्चमा लिखित जवाफ पेस, अदालतलाई धम्की नदिएको जिकिर
    • एक दशक पछि घमेश दुलालको 'बनमा खयर' म्युजिक भिडियो सार्वजनिक
    • प्रचण्ड–माधव भारत र देउवालाई खुसी बनाउन सदन छिर्छन : कानून मन्त्री श्रेष्ठ (भिडियोसहित)

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi