977news
०४ बैशाख २०७८,शनिबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. राजनीति

    मेयर शाक्य पुरातत्त्व विभागप्रति आक्रोशित

    • योहो संवाददाता
    • today2021-02-28 09:25:14

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित हुनुभएको छ  । 

    आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहलाई सम्बोधन गर्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निमाणका क्रममा विवाद हुने गरेको बताउनुभएको हो । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताउनुभयो । अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लाउनुभयो । ‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? जनता जनताबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानूनको दायराभित्र हामी ल्याउँछौं ।’ उहाँले भन्नुभयो । 

    मेयर शाक्यले पुरातत्व विभागले यही अनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनी समेत दिनुभयो । महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताउनुभयो । हनुमानढोका भित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खालि गराउन विभागलाई पत्राचार गरिसकेको बताउनुभयो । सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने  मेयर शाक्यले चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले पुरातत्व विभागलाई पत्र पनि लेखिसकेका छौं । हनुमानढकोका भित्र जुन जुन सतलहरु थियो, ती सतलबाट पुरातत्व विभागले व्यापार गरेर खाइरहेको छ । ती पसल बन्द गर भनेर पत्रचार गरिसकेका छौं । पुरातत्व विभागले व्यापार गरेर पैसा कमाउने होइन । सतल खुल्ला नै हुनुपर्छ । बटुवा मैत्री हुनुपर्छ भन्ने काठमाडौ महानगरपालिकाको धारणा हो । पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ । अरु सबैलाई सिकाएर हिँडने पुरातत्व विभाग आफै होटल राखेर व्यापार गरेर पैसा कमाई राखेको छ । त्यसको अव हामी काठमाडौं महानगरबासी सहने छैनौं । ’

    मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनैपनि विवादमा नबोल्दा समेत निर्माण कार्यमा ढिलाई हुने गरेको बताउनुभयो । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले लगाउनुभयो । 
    कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताउनुभयो । प्राधिकरण जोडिएका सम्पदाहरुको समस्या समाधानका लागि प्राकिरणले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    भारत सरकारको आर्थिक सहयोगमा सेतो मछिन्द्रनाथको मन्दिर बनाउन लागिएको पनि ज्ञवालीले बताउनुभयो । भूकम्पबाट क्षति भएका सबै सम्पदाहरुलाई प्राथमिकताका साथ पुनर्निर्माण गरिरहेको पनि सिइओ ज्ञवालीले बताउनुभयो ।  

    banner

    ताजा सूचना

    • बालुवाटारमा सर्वदलीय बैठक सुरु, यस्ता छन् एजेन्डा
    • कोटेश्वरमा प्रचण्ड-माधवबीच भेटवार्ता
    • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने
    • भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं : डा. बाबुराम भट्टराई
    • टी-२० क्रिकेटको त्रिकोणात्मक सिरिज सुरु

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi