शालिक झैँ चुपचाप बस्दा पनि देउवालाई नै प्रधानमन्त्रीको अफर, देउवाको यो कस्तो भाग्य ?
योहो संवाददाता
- today2021-02-28 02:34:09
काठमाडौँ – प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै सर्वाेच्च अदालतले पुनःस्थापनागरिदिएपछि सत्ता समिकरणको दौडधुपसुरु भएको छ । कमजोर मत ल्याएर प्रतिपक्षीमा रहेको नेपाली कांग्रेस अबको सत्ता समीकरणको मियो बनेको देखिन्छ ।
काँग्रेस नेतृत्व अहिले सरकारमा जाने उत्कट चाहनामा छ भने दोस्रो पुस्ताका नेताहरु कुनैपनि हालतमा सरकारमा जना नहुने अडानमा छ । यस दुई धारको बीचमा काँग्रेसको निकास के होला त ?
तीनबर्ष अघिजनताले स्थायी सरकारको अनुभुती होस भन्दै बाम गठवन्धन गरेर बचनबद्धता जनाएको नेकपालाई सुविधाजनक बहुमत दिलाएर पठायो । ५ वर्षे सत्ताको तालाचावी नै नेकपाले एकल जिम्मा पाएपछि झिनो मत पाएको काँग्रेस चुपचाप प्रतिपक्षीमा बस्यो ।
सरकारलाई प्रभावकारी धक्कासमेत दिननसक्ने गरी शिथिल बनेको काँग्रेस यो बीचमा संसदभित्र दर्शकभन्दा माथि उठ्न सकेन ।नेकपाको गाइजात्रे राजनीति टाढैबाट रमिते बन्यो । अन्ततः ५ वर्षे यात्रा पार गर्न नसकि सत्ता संकट श्रृजना भयो र अहिले बीच बाटोमै काँग्रेस वरीपरि सत्ता भूमरी पर्न थालेको छ । र प्रतिपक्षीको भूमिका समेत निभाउन नसकेको काँग्रेसको थाप्लोमा सत्ताको तालाचावी आइपुग्दैछ । चाहेर नचाहेर काँग्रेस त्यउो भूमरीमा हाम फाल्न विवश बन्दैछ ।
अहिले नेकपाका दुबै पक्ष कांग्रेस सभापति देउवाको पछि मरिमेटेर लागिपरेका छन् । नेकपाको दाहाल–नेपाल पक्ष देउवालाई प्रधानमन्त्री बनाएर ओलीको हातबाट सत्ता खोस्ने रणनीतिमा छ। ओली पक्ष पनि आफुले सत्ता गुमाउने अवस्था आए देउवालाई प्रधानमन्त्री बनाएरै भएपनि सत्ता नछोड्ने मनस्थितिमा देखिन्छ । तर नेकपाका दुबै पक्षको खोसाखोसमा परेका देउवाभने आफ्नै पार्टीबाट संकटमा परेका छन् । उनी सरकारका लागि खुट्टा उचालौँ की नउचालौँ गरी अलमल गरिरहेका छन् । तर यसअघि नै कम्युनिष्टबाट धोका खाइसकेकाले कांग्रेस सत्तामा नभई विपक्षमै हुनुपर्ने पार्टीभित्र तिब्र दवाव छ ।
दुबैतिरबाट सत्ता समिकरणको प्रस्ताव आएपछि पदाधिकारी बैठक बोलाएर परामर्श लिएका देउवामा प्रधानमन्त्री हुन पाउने हुटहुटी बेग्र छ । उनको राजदुतहरुसंगको भेटघाट, नेताहरुसंगको छलफल र अन्य गतिविधिले यही संकेत गर्दछ । तर कानुनी रुपले विभाजन नभइसकेको अवस्थामा सत्ता समिकरणका लागि तयार हुँदाफेरि नेकपा मिले धोकाखाइने त्रास पनि देउवामा देखिन्छ ।पार्टीमा प्रजातान्त्रिक पद्धतीको हिमायती मानिएका युवाहरु नेताहरुको विचारलाई देउवाले नकार्न नहुने विज्ञहरु बताउँछन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि सत्ता गठबन्धनको संसदीय अंक गणितमा कांग्रेससहितका विपक्षी दल निर्णायक देखिएका छन् । तर उनीहरु विपक्षीको मर्यादालाई जोगाउँदै अघि बढ्छन कि सत्ता राजनीति र संसदीय मोलमोलाइमा लाग्छन्, यसैले अबको राजनीतिलाई मार्गनिर्देश गर्नेछ ।