Breaking

यो सरकार अपवित्र र देशभक्त शक्तिविरुद्धको गठबन्धनबाट बनेको हो : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपवित्र गठबन्धनबाट बनेको सरकारको संज्ञा दिनुभएको छ । आफू नेतृत्वको प्रगतिशील र जनपक्षीय सरकारका विरुद्ध आक्रमण गरेर अहिलेको सरकार बनाइएको ओलीको टिप्पणी छ ।

ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सोमवार शुरू भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सोमवार सम्बोधन गर्दै ओलीले देशभक्त शक्तिविरुद्धको गठबन्धन बनेको आरोप लगाउनुभएको हो ।

‘हामीलाई गर्नु गाली गरिसकेपछि, प्रतिगामी, तानाशाह सबै कुरा भनिसकेपछि अहिले अपवित्र साठगाँठको संस्कृति शुरू भएको छ । उहाँहरू बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा होइन अपवित्र गठबन्धन र साठगाँठको संस्कृति शुरू भएको छ,’ ओलीले भन्नुभयो । ओलीले अहिलेको सरकारबाट देश र जनताका समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभयो ।