मौसम

यी प्रदेशमा भीषण वर्षाको सम्भावना


काठमाडौँ – आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र सुदूरपाश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने छ ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीरी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।