विदेश

म्यानमारको सैनिक शासकद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा, थप २ वर्ष संकटकाल


काठमाडौँ – म्यानमारको सैन्य समूहका प्रमुख नेता मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गरी संकटकाल २ वर्ष लम्ब्याएका छन् । हलिङले सन् २०२३ को अगस्ट सम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन गर्ने घोषणा गरेका छन् ।


सैनिक नेतृत्वले ६ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्वजनिक गरेको निर्वाचनको प्रारम्भिक समयसीमा विस्तार गरेको हो । त्यतिखेर सेनाले ६ महिनाभित्र निर्वाचन गर्ने बताएको थियो । एक टेलिभिजन च्यानलमार्फत् हलिङले २०२३ अगस्तसम्ममा आकस्मिक अवस्थाका प्रावधानहरू पूरा गर्ने बताएका छन् ।


उक्त समयसम्म निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उनले बताएका छन् । सैनिक शासकले नेतृत्व हातमा लिएपछि म्यान्मारमा हिंसा भड्किएको छ । प्रदर्शको क्रममा कैयौँले ज्यान गुमाएका छन् ।