Breaking

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु



काठमाडौँ –गएराति साढे ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेका वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका वाग्लेलाई उपचारका लागि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा रातको ११ बजे मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ।

वाग्लेलाई ठक्कर दिने मोटरसाइकलका चालक सुनवल नगरपालिका वडा नम्बर १ का दिपेन्द्र पुन पनि गम्भीर घाइते भएका छन्। उनको युनिभर्सल मेडिकल कलेजमै उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक वाग्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट सरुवा भै २०७७ पुष १२ गते इलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा बर्दघाट आउनुभएको थियो।