Breaking

मेलम्ची खोलामा आएको बाढीले फेरी बगायो सात घर



काठमाडौँ –सोमबार राति मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ का सात घर बगाएको छ । गत असार १ गते आएको बाढीले सातै घर कटान गरेको थियो ।

गत शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ वटा घरटहरा बगाइसकेको छ । जसमध्ये हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगायत क्षेत्रका ५५ वटा र तालामाराङ र मेलम्चीका १२ वटा रहेका छन् ।

बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।