समाचार

महन्थ ठाकुरद्वारा सर्वोच्चमा दायर मुद्दामाथि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुँदै


काठमाडौँ – पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुने भएको छ । ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ ।

निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । आयोगको निर्णयविरुद्ध ठाकुर १५ गते सर्वोच्च जानुभएको थियो । रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ । रिटमा आयोगको निर्णय जसपाको विधान विपरीत भएको दाबी गरिएको छ ।