काठमाडौँ –गत असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापना मात्रै भएन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन समेत भयो । सरकार गठन भएको तिन साता बितिसक्दा समेत प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् ।
५ दलीय सत्ता गठबन्धन ३ साता वितिसक्दा पनि सरकारलाई पूर्णता दिन असफल देखिनुमा ति दलहरुभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले हो । सबैजसो सांसदहरु मन्त्री बन्न चाहेपछि कसलाई बनाउने कसलाई नबनाउने भन्नेमा समस्या परेको छ । उता एमालेको माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागि गराउने प्रयास भइरहँदा मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको बुझिएको छ ।
मन्त्रीमण्डलमा कांग्रेसले ८ तथा माओवादी र जसपाले ७–७ मन्त्रालय लिने सहमति भने बनि सकेको छ । संविधानमा २५ जनाभन्दा बढी मन्त्रि बनाउन नपाइने व्यवस्था छ । सरकारमा प्रधानमन्त्रीसहित ६ जना सहभागी भइसकेका छन् । अब १९ जनासम्मलाई मन्त्री बनाउन सकिनेछ ।
सोमबार सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको छलफल न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिता बनाई अघि बढ्ने सहमती भने भएको छ । बैठकले सरकार संचालनका लागि कसरी अघि बढ्ने भन्ने सन्दर्भमा कार्यदलले तयार पारेको मस्यौदालाई अन्तिम रुप दिने सहमती गरेको छ
प्रतिक्रिया