विदेश

मनोरञ्जन टिकटक भिडियोले मन्त्री पद चैट, आलोचकलाई आदिम जनावरहरूको संग्या


काठमाडौँ — ब्रिटेनका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भाग लिन जाँदा विलासी ढङ्गले खर्च गरेको विवाद सतहमा आएपछि पपुवा न्यूगिनीका विदेशमन्त्रीले राजीनामा दिएका छन् । जस्टीन चेचेन्को आफ्नी छोरी साभन्नासहित उक्त समारोहमा सहभागी हुन ब्रिटेन गएका थिए । अहिलेको सबैभन्दा द्रुतगतिमा बढ्ने सामाजिक संजाल हो टिकटक । चिनमा डुइनका नामले चिनिने र सन् २०१६ मा म्युजिकल्ली खरिद गरेर आफ्नो पहुँचलाई अझ फराकिलो बनाउन सफल भएको टिकटकको मासिक प्रयोगकर्ताको संख्या ५० करोड भन्दा माथी छन् ।

केही सेकेण्डको मनोरञ्जनले कहिलेकाही जिन्दगीमा निकै चुनौतीहरु सामना गर्नुपर्ने हुन्छ । पछिल्लो समय टिकटकले पपुवा न्यूगिनीका विदेशमन्त्रीले राजीनामा दिन बाध्य भएका छन् । जस्टीन चेचेन्को आफ्नी छोरी साभन्नासहित ब्रिटेनका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भाग लिन जाँदा टिकटकमा भिडियो राखेका थिए । विलासी ढङ्गले खर्च गरेको विवाद सतहमा आएपछि विदेशमन्त्रीले राजीनामा दिएका छन् । जस्टीन चेचेन्को आफ्नी छोरी साभन्नासहित उक्त समारोहमा सहभागी हुन ब्रिटेन गएका थिए । उनकी छोरीले विमानको ‘फर्स्ट क्लास’ यात्रा र सिङ्गापुरमा गरिएको किनमेल सम्बन्धी भिडिओहरू सामाजिक सञ्जाल टिकटकमा राखेकी थिइन् ।

बुधवार उनले आफ्नी छोरीका आलोचकहरूलाई ‘आदिम जनावरहरू’ को सङ्ज्ञा दिएका थिए । उनको प्रतिक्रियाले राजधानी पोर्ट मोज्बीमा रहेको संसद् भवन बाहिर प्रदर्शनहरू निम्त्याएको थियो । पपुवा न्यूगिनी प्रशान्त क्षेत्रमा अवस्थित एउटा कमनवेल्थ देश हो र राजा चार्ल्स त्यहाँका राष्ट्र प्रमुख हुन् । एउटा विज्ञप्तिमा चेचेन्कोले देशका प्रधानमन्त्री जेम्स मारापेसँग छलफल गरेर आफू उक्त निर्णयमा पुगेको जानकारी दिएका छन् ।

उनले पछिल्ला घटनाक्रमले अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा गर्न लागेको भ्रमणलाई प्रभावित नपारुन् भन्ने आफूले चाहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यूगिनीको दुई दिने भ्रमणमा आगामी मे २१ मा त्यहाँ पुग्दैछन् । त्यसको भोलिपल्टै अमेरिकी राष्ट्रपति बाइडेन पनि उक्त देशमा पुग्नेछन् । राज्याभिषेकको भव्य शाही समारोहमा संसारभरिबाट अतिथिहरू निम्त्याइएको थियो । चेचेन्को र उनकी छोरी राजा चार्ल्सको राज्याभिषेकमा भाग लिन कम्तीमा १० जना अधिकारीसहित त्यहाँ पुगेका थिए ।

भिडिओमा साभान्नाले सिङ्गापुरका विलासी फेसन स्टोरहरूको आफ्नो भ्रमण कैद गरेकी छन । उनले लन्डन जाने क्रममा एउटा भव्य विशिष्ट श्रेणीको लाउन्जमा खाना खाइरहेको दृश्य पनि राखेकी थिइन् । त्यसलाई लिएर कतिपयले पपुवा न्यूगिनीमा आक्रोश व्यक्त गरेका थिए । उनीहरूले गरिब देशमा सर्वसाधारणबाट उठाइएको रकम सार्वजनिक सेवामा प्रयोग गरिनु उपयुक्त नहुने धारणा राखेका थिए ।