Breaking

मतदाता नामवली संकलन स्थगित, नयाँ मतदाता कति थपिए ?


काठमाडौँ — सरकारले आगामी मंसिर चार गते एकैपटक प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्दैछ । निर्वाचनको मिति घोषणसँगै निर्वाचन आयोगलेमतदाता नामवली संकलन स्थगित गरेको छ । आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोग अन्य तयारीमा जुटेको छ । निर्वाचनको व्यवस्थापकीय पाटोलाई मध्यनजर गर्दै निर्वाचन सम्बन्धि ऐन २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामवली संकलन स्थगित हुने व्यवस्था छ ।

सोहि अनुसार सरकारले आगामी मंसिर चार गते एकैपटक प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने मिति घोषणा गरे लगत्तै निर्वाचन आयोगले मतदाता नामवली संकलन स्थगित गरेको छ ।आगामी निर्वाचनमा मतदान गर्ने मतदाता कति हुन्छन् अद्यावधिक गरेपछि मात्र यकिन हुनेछ । तथापी आगामी निर्वाचनमा पाँच देखि ७ लाख नयाँ मतदाता थपिने आयोगको अनुमान छ ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेका थिए । मतदाता नामवली संकलन निरन्तर प्रक्रिय भए पनि संसदीय निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले असार एक गतेदेखि फोटो सहितको मतदाता नामवली संकलन अभियान चलाएकोथियो । विभिन्न पेसा व्यवसाय गरेर जिल्ला बाहिरा रहेका मतदाताले सोहि जिल्लाको निर्वाचन कार्यलय मार्फत पनि नामवली दर्ता गर्न पाउने व्यवस्था मिलाइएको थियो ।

भने उपत्यकाका तीन जिल्लामा अनलाइन मार्फत समेत नामवली दर्ता गर्ने व्यवस्था मिलाइएको थियो । असार एक गतेपछि काठमाडौ जिल्ला निर्वाचन कार्यलयमा मात्र करिव ३४ हजार बढी सर्वसाधरणले मतदाता नामवलीमा आफ्नो नाम दर्ज गरेका छन । जसमा करिव १७ हजार उपत्यका बाहिरका रहेका छन ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेसँगै मुलुक चुनावमा होमिएको छ । निर्वाचनबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सय ६५ र समानुपातिकतर्फ १ सय १० तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० सदस्य चयन हुनेछ । अबको १ सय ६ दिनमा संसदीय निर्वाचन हुनेछ । आयोगले राजनीतिक दलहरुलाई चुनावको प्रयोजनार्थ ३१ साउनभित्र दल दर्ता गर्न आग्रह गरिसकेको छ ।