Breaking

भूतपूर्व गोर्खा सैनिक संगठनले गरे प्रधानमन्त्री देउवासँग भेट


काठमाडौँ — भूतपूर्व गोर्खा सैनिक संगठन (गेसो) को प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए ।

गेसोका अध्यक्ष कृष्णकुमार राईसहितको टोलीले बिहीबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेर भेट गरेको हो । यसअघि बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती रक्षा राज्यमन्त्री लियो डचर्टीबीच छलफल भएको थियो ।

सन् १९९७ भन्दाअघि बेलायती सेनाबाट निवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा चरम भेदभाव कायम रहेको बताउने गरेका छन् ।