Breaking

भारत र चीनले शनिवार वार्ता गर्ने



काठमाडौँ – सिमामा विवाद गरिरहेका भारत र चीनले शनिवार वार्ता गर्ने भएका छन् । दुवै देशका कोर्प्स कमान्डर स्तरको वार्ता वास्तविक नियन्त्रण रेखाको चीनतर्फको मोल्दो नामक स्थानमा शनिवार बिहान साढे १० बजे हुने भएको छ ।

१२औं चरणको यस वार्तामा भारत र चीनले हट स्प्रिङ्स र गोगरा हाइट्स क्षेत्रमा सेना पछि हटाउने विषयमा छलफल गर्ने भारतीय सेनाका स्रोतहरूले बताएको भनी भारतीय समाचार संस्था एएनआईले खबर दिएको छ ।