समाचार

भारतको सिक्किममा पहिरोमा परी एक नेपालीको मृत्यु



काठमाडौँ –बिहिबार भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यको सीमा माम खोलामा खसेको पहिरोमा परी नेपाली नागरिक धनसिंह भण्डारीको मृत्यु भएको छ ।

ज्यान गुमाएका भण्डारी सेवक–रम्फू रेल परियोजनामा मजदुरका रूपमा कार्यरत उनको नेपालको ठेगाना खुलेको छैन । पहिरोमा पुरिएका उनीलाई आज बिहान उद्धार गरी सिक्किमको सिङ्ताम जिल्ला अस्पतालमा उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको छ । माम खोलाको रेलवे परियोजना क्षेत्रमा गएको पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।आजै बिहान रोहित तिर्की नाम गरेका झारखण्ड निवासी मजदुरको पनि शव भेटिएको छ ।

अन्य थप तीनजना बेपत्ता छन्। बेपत्ता हुनेमा तारखोला निवासी अरुण राई र माम खोलानिवासी विकास तामाङ छन ्। थप एकजनाको परिचय खुलेको छैन । उनीहरूको खोजी भइरहेको छ