देश

भरुवा बन्दुकसहित एक पक्राउ


काठमाडौँ – मोरङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका–५ बस्ने जगतबहादुर लिम्बुलाई बिहीबार दिउँसको प्रहरीले पक्राउ गरेको हो ।

४३ वर्षीय लिम्बुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनको घरमा लुकाई राखेको दुई नाल भरुवा बन्दुक बरामद गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।