देश

बोलबम बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु


काठमाडौँ – बोलबमको तीर्थालु बोकेको बोलेरो रौतहटको नुनथरमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना ५ च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खस्दा एक जनाको मृत्यु र एक जना बेपत्ता भएको हो ।

बोलेरो बागमती सिंचाइको नहरमा खस्दा बारा गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मिनादेबी कोईरीको घटनास्थालमै ज्यान गएको र सोही बोलेरोमा सवार बाराकै बोधवन नगरपालिका बस्ले ६५ वर्षीया सोनरी देवी मुखिया नरहमा बेपत्ता भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । नहरमा खसेका १३ जनाको प्रहरीले उद्धार गरेको छ । गाडीमा करिब २० जना सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । नहरमा खसेको बोलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको र बेपत्ता महिलाको खोजीकार्यमा प्रहरी चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने जानकारी दिए ।