समाचार

बुटवलतर्फ जाँदै गरेको जिपमा ढुङ्गा खस्दा सहचालकको मृत्यु



काठमाडौँ – पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ ।

हिजो राति ८ बजे माथिबाट एक्कासि खसेको पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंबरको पिकअप जिपमा ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।

घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ ।