977news
१६ फाल्गुन २०७७,आइतबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. बिजनेस

    व्यवसायीको प्रश्न : विदेशी पर्यटकलाई किन अङ्कुश लगाएको ?

    • योहो संवाददाता
    • today2021-02-23 09:08:26

    काठमाडौँ – पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन सरकारसँग माग गरेका छन् ।

    व्यवसायीले सबै व्यापार–व्यवसाय खुला भइसक्दा पनि सरकारले पर्यटन क्षेत्र खुला नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले देशमा दिनहुँ सभा, विरोध, जुलुस भइरहँदा कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक आउँदा जोखिम हुने कुरा हास्यास्पद भएको बताएका हुन् ।

    ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदी पीसीआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने पर्यटकलाई निर्बाध घुम्न दिन माग गर्छन् । 

    नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईँ पटकपटक आफ्ना माग राख्दा समेत सरकारले सुनुवाइ नगरेको गुनासो गरे । उनले ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई अनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान हटाउन सुझाव दिन्छन् । 

    गुरागाईँले कोरोना संक्रमणका कारण सबैभन्दा बढी क्षति पुगेको पर्यटन क्षेत्रका व्यवसायीले अहिलेसम्म पुनर्कर्जा कोषको सुविधा नपाएको गुनासो गरे । सरकारले राहतको रुपमा कोष निर्माण गरे पनि पहुँच हुनेहरुले मात्रै सुविधा पाएको व्यवसायीको भनाइ थियो ।

     

    banner

    ताजा सूचना

    • बलिउड अभिनेता अमिताभ बिरामी : लेखे- सर्जरी...म लेख्न सक्दिनँ
    • प्रचण्डद्वारा सर्वोच्चमा लिखित जवाफ पेस, अदालतलाई धम्की नदिएको जिकिर
    • एक दशक पछि घमेश दुलालको 'बनमा खयर' म्युजिक भिडियो सार्वजनिक
    • प्रचण्ड–माधव भारत र देउवालाई खुसी बनाउन सदन छिर्छन : कानून मन्त्री श्रेष्ठ (भिडियोसहित)
    • लिखित जवाफसहित सर्वोच्च अदालत जाँदै प्रचण्ड

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi