देश

बालाजु औद्योगिक क्षेत्रभित्र लागेको आगलागी नियन्त्रणमा


काठमाडौँ – बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको छ । बिहान २ बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको प्रयासपछि नियन्त्रणमा आएको हो ।

नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । तर आगलागिबाट के कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन ।