Breaking

वर्षेनी बाढी पहिरोले सयौँको ज्यान जानुमा दोष कस्को ? प्रधानमन्त्री भन्छन्–अनुमान नै थिएन

कहाँ छ सरकार ? किनगर्दैन पूर्वतयारी ?


काठमाडौँ – प्राकृतिक विपदको जोखिम तथा क्षति न्यूनिकरणका लागिआवश्यकपूर्व तयारी नहुँदा नेपालमा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिहुने गरेको छ । प्रकोपको क्षति बढ्नुमा यसअघि कानुन र संयन्त्र अभावलाई दोष देखाउने गरिन्थ्यो । तरअहिले वडातहसम्म संयन्त्र विकास गरिदाँ समेत क्षति न्यूनिकरण गर्न किन सकिएको छैन ? यसमा दोष कस्को हो ?

नेपालमा हरेक वर्षऔसतमा ५ सयभन्दा बढि विपदका घटना हुने गरको छन् । विश्वमा भूकम्पबाट ११ औँ अति जोखिम तथा बाढी र पहिरोबाट ३० औँ अति जोखिम देशका रूपमा रहेको नेपाल विश्वमा बहु विपद्को उच्च जोखिममा रहेका २० वटा देशभित्र पर्छ । यसरी हेर्न हो भने नेपालले वर्षेनी भोग्दै आएको प्राकृतिक विपद बाजा बजाई बजाई आएको देश हो । यसपाली पनि मनसुन सुरु भएको पहिलो हप्तामै देशका विभिन्न ठाँउमा बाढी पहिरो र डुवान सुरु भईसकेको छ । लगातारको वर्षापछि आएको बाढीले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति गरेको छ ।

सबैभन्दा भयावह स्थिति चाहिँ सिन्धुपाल्चोकको मेलम्ची बजारमा देखिएको छ । त्यस्तै लगातारको वर्षाले गण्डकी प्रदेशकातनहुँ, पर्वत, कास्की, मनाङ, बागलुङ, लमजुङ र म्याग्दीमा पनि क्षति पु¥याएको छ । यो त मनसुनको पहिलो हप्ताकै नतिजाहो । अझै धेरै पानी पर्नेबाँकी नै छ ।यस पटकको मनसुनअन्य सालको भन्दा बढि घातक सिद्ध हुनसक्ने तथा १८ लाखमानिसहरु प्रभावितहुन सक्ने पूर्वानुमानआईसकेको छ । तर हाम्रो प्रकोप न्यूनिकरर्ण भने किनप्रभावकारी हुन सकेको छैन ?

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन २०७४ ले व्यवस्था गरेअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् र गृह मन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहेको छ । प्रदेशमा पनि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद् र प्रदेश विपद् कार्यकारी समितिका नुनमन्त्रीको अध्यक्षतामा रहेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रत्येक जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति छ भने गाउँपालिका र नगरपालिकामा अनुसूची ७ र ८ माविपद् व्यवस्थापन सम्बन्धीएकल अधिकारको विषय उल्लेख गरिएको छ । त्यस्तै स्थानीय विपद् व्यवस्थापन समितिपनि गठन भईसकेको छ भने यी नीहरुबीच समन्वयका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समेत बनाईएको छ । तर यतीका संयन्त्रहुँदा समेत विपद् व्यवस्थापन पछिको उद्धार कार्यमा जुट्नु बाहेक पूर्व तयारी लगायतका काम हुन सकेको छैन ।दीर्घकालीनरूपमा प्राकृतिक प्रकोपको संकट समाधानगर्न प्रभावकारी कार्य नहुदाँ बारम्बार एकै प्रकृति प्रकोपमा हजारौ नागरिकले ज्यान गुमाउदै आएका छन् । तर नेतृत्ववर्गमा रहेकाहरु भने आफूहरुले यस्को अनुमानै नगरेको भनेर पन्छिने गरेकाछन् ।

जब पानी पर्छ अनिमात्र घुम ओढ्ने भनेझै प्रकोपले वितण्डा मच्चाईसकेपछि मात्र सरकारले चासो देखाउने गरेको छ । अहिले सिन्धुपाल्चोक लगायतका केहीजिल्लामा बाढी पहिरोले क्षति पु¥याएपछि मात्र आवश्यक विभिन्न ४ ओटा कार्ययोजना तथा कार्यविधिहरु पारित गरेको छ । जबकी यो हिउँदै मै पारित भएर अहिले कार्यान्वयमा आउनु पर्ने थियो । हालत कतिसम्म खराब छ भने यस अघिका विपदबाट विस्थापित भएकाहरुको पुनर्वासका लागि समेत कामहुन सकेको छैन ।