Breaking

फ्रेन्च सुपर कप फुटबलको उपाधि लिललाई


काठमाडौँ –फ्रेन्च सुपर कप फुटबलको उपाधि लिलले जितेको छ । आइतबार राति भएको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै लिल च्याम्पियन बनेको हो ।

ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले निर्णायक गोल गरे । खेलको ४५ औं मिनेटमा सेकाले गोल गरेका थिए । उनले बुराक यिल्माजको पासलाई सदुपयोग गरे । लिलले पहिलो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो । पीएसजी भने सुपर कपको सर्वाधिक सफल टिम हो ।

पीएसजीले १० पटक सुपर कप जितेको छ ।