Breaking

प्रचण्डले भने राष्ट्रपतिभन्दा राजा नै ठीक, संघर्षले ल्याएको उपलब्धी नै संकटमा


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनबीच चुलिदै गएको शक्ति टकरावले मुलुकको राजनीति नै गम्भीर संकट उन्मुख छ । एकअर्काबीच बाझाबाझ र वारपारको अवस्थाले मुलुकमा प्राप्त उपलब्धीमाथि नै गुम्ने त हैन भन्ने प्रश्न उठेको छ ।

राजनीतिक मैदानमा उत्रिएका खेलाडीले प्रतिस्पर्धीलाई बढी महत्व दिन्छन्, रेफ्रीलाई होइन । तर प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रतिनिधिसभा विघटनपछि पक्ष विपक्षका नाममा नेताहरुले लामो संघर्षबाट प्राप्त उपलब्धी र संविधानको अन्तिम व्याख्यताका रुपमा रहेको न्यायापालिकामाथि नै प्रहार गरिरहेका छन् । मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीले शुक्रबार अदालत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सेटिङमा चलेको विवादास्पद अभिव्यक्ति दिए । त्यसको जवाफमा शनिबार दाहालले उस्तै तिखो प्रहार गरे ।

विवाद न्यायालय केन्द्रीतमात्रै नभएर संविधान संरक्षकको सर्वाेच्च संस्था राष्ट्रपतिमाथि पनि केन्द्रीत छ । प्रधानमन्त्रीका कदममाथि लाहाछाप लगाउन रबर स्टाम्प बनेको भन्दै विपक्षीहरुले राष्ट्रपतिको नाम लिन लाज मानिरहेका छन्,र राजालाई शानका रुपमा सम्झिरहेका छन् ।जसले प्रधानमन्त्रीलाई पोल्नु पोलेको छ ।

आफै लागी–मिली ओली–प्रचण्ड र माधवले विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएका थिए ।आफ्नै जोडबलले उमारेको वृक्षले विषबमन गर्न थालेपछि प्रचण्ड–माधवलाई पनि आत्मआलोचित हुन विश्लेषकहरुले सुझाव दिइरहेका छन् ।किनकि ओलीकै जस्तो अहंकार र सत्ता लिप्साको चरम अभिलाषा माधव–प्रचण्डमा भएर नै अहिलेको अवस्था आएको उनीहरुको ठम्याइ छ । अहिले त ओलीले विराएको बाटो र मुडेभडको राजनीतिमा विपक्षीहरु झनैक्रियाशिल छन् ।

तीन वर्ष अघि ओली–प्रचण्ड मिलेर नेकपा बनाउँदा ५० वर्ष देशको नेतृत्व नेकपाले गर्ने भन्दै स्थायीत्वको उडान भरेका थिए । त्यसबेला माधव नेपाल पार्टीमा सम्मानित जिम्मेवारी नपाएकोमा रओली–प्रचण्डको बढ्दो लोकप्रियताप्रतिखुशी थिएन् । तर अहिले समय फेरिएको छ । अहिले प्रचण्ड–माधव एक कित्तामा उभिएर ओलीलाई लखेटिरहेका छन् । ५० वर्षको लक्ष्य साँधेका दुई पाइलट तीनवर्ष पनि एक जहाजमा रहन नसक्दा अहिले कांग्रेसलाई गुहारेर सत्ताकोचाँबी बुझाउने अभियान चलेको छ । पक्ष–विपक्षबीचको खाडलले मुलुकमा राजनीतिक द्धन्द्ध यतिसम्म बढेको छ कि हजारौंको बलिदान र दशक लामो जनयुद्व र जनआन्दोलनबाट बल्लबल्ल प्राप्त औलामा गन्न सकिने उपलब्धी पनि संकटमा परेका छन् ।के यसको जिम्मेवारी यी पात्रहरुले लिनुपर्दैन त ?