Breaking

पौडेल समूहको केन्द्रीय समिति बैठक महाराजगञ्जमा


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय समिति बैठक सुरु भएको हो । पार्टी महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भएपछि पौडेल समूह आन्तरिक छलफलमा जुटेको हो ।

पार्टी नेतृत्वको असफलताका कारण महाधिवेशन हुन नसकेको वरिष्ठ नेता पौडेलको आरोप छ । सोमबार बिहान जिल्ला सभापति भेला गरेको पौडेल समूह अहिले आफूनिकट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यसँग पार्टी महाधिवेशनका बारेमा छलफलमा जुटेको हो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सितादेवी यादवलगायत सहभागी छन् । क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको हो ।