Breaking

पौडेल र वामदेवबीच ४ घण्टा छलफल, के भयो कुराकानी ?


काठमाडौँ – उपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच ४ घण्टा लामो भेटवार्ता भएको छ । गौतमलाई भेट्न पौडेल सोमबार बिहान नौ बजे गौतम निवास पुगेका थिए । उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको बुझिएको छ ।

उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको बुझिएको छ । दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको निजी सचिवालय स्रोतले सचिवालयले भने सामान्य कुराकानी भनेको छ ।

‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हो’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीको भनाइ छ ।

सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा ओली पक्ष अलमलमा परेको छ । त्यसका लागि ओलीले आफु निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् ।