Breaking

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सांसदको ध्यानाकर्षण


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)की सांसद समीना हुसेनले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन् ।

उनले यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पद्धार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन् । यसका साथै नेकपा (एकीकृत समाजवादी)की अर्की सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन् ।

उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । नेकपा९एमाले०का सांसद लालप्रसाद साँवा लिम्बूले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए । उनले प्रथम त्रैमासिक परिक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए । उनले लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गरे ।