Breaking

पाँच दलविरुद्ध जवरजस्त एमाले, गठबन्धनले कांग्रेस मालामाल, एकीकृत समाजवादीको वेहाल


काठमाडौँ — देशभरीका स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा पाँचदलीय गठबन्धन विरुद्ध एमालेले टक्कर दिइरहेको छ । कांग्रेसका लागिनिकै फलिफाप सिद्ध देखिएको गठबन्धन माओवादी र एकीकृत समाजवादीलाई भने खासै फलदाई देखिएको छैन । फलत गठबन्धनको चुनावी तालमेल कति सफलबन्ने विषयमा विभिन्न कोणबाट बहस सुरु भएको छ । स्थानीय तह निर्वाचनको मतगणनाको तेश्रो दिन देशभरबाट अन्तिम मत परिणाम आउने क्रमजारी छ ।

प्रारम्भिक मत परिणामले मुख्य प्रतिस्पर्धामा नेकपा एमाले र कांग्रेस देखिएका छन्। सर्सतीमत परिणाम हेर्दा कांग्रेसलाई गठबन्धनको फाईदा देखिए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई भने कागलाई वेल पाक्यो हर्ष न विष्मातको अवस्थमा देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा२६४ स्थानीयतहको नेतृत्व हात पारेको कांग्रेस गठबन्धनकै कारण उत्साहज नजित र अग्रता कायम राख्दै छ भने गत निर्वाचनमा २९४ स्थानीय तहमा जितेको एमाले पनि दोश्रोमा कायम भएको छ । गतनिर्वाचनमा १०६ वटा स्थानीय तहमा जित हासिल गरेमा ओवादीले भने खासै लाभलिन सकेको छैन ।

एकीकृत समाजवादी त अझ कांग्रेसलाई वैशाखीमात्र बनेको छ । सोमबार अबेर सम्म आएको मतपरिणामका आधारमा विश्लेषण गर्दा तालमेल भएका ठाउँमा कांग्रेसको भोट अरु दलमा सहज स्थानान्तरण नभए पनि अन्य दलको भोट भने कांग्रेसलेपाएकोदेखिन्छ । मेयरमा कांग्रेसले अग्रतालिएको ललितपुर र विराटनगरमा गठबन्धनका उपमेयरका उम्मेदवार एमालेका उम्मेदवारको भन्दापछि हुनुले समेत यो प्रष्ट पारेको छ । यतामाओवादीले प्रमुखपाएको भरतपुरमापनिकांग्रेसकै कारण एमालेलाई फाईदा पुग्दा अरु दलहरुले कांग्रेस गठबन्धनमा त्यतिइमानदार नबनेको आरोप लगाउन थालेका छन ।


यतायस अघि बाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन क्लियर नभएकोभन्दै वागी उम्मेद्धारलाई नै मतमागेका थिए । साथै भरतपुरमा देखिने परिणामले गठबन्धनको भविष्यले निर्धारण हुने आशयको अभिव् यक्ती दिएका थिए । त्यस्तै एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी)काअध्यक्षमाधवकुमार नेपालले पनि वेलावेला कांग्रेसमा आफू धेरै शक्तिशाली भएको ’दम्भ देखिएको’ भन्दै असन्तुष्टि पोख्दै आएका छन ।

यहि शंकैशंका वीचमा गठबन्धनको लाभ कांग्रेसलाई मात्र भएकिन आफुमात्र वैशाखी बन्नु भन्ने धारणा अन्य घटमा विकास हुनथालेको छ । तर केहि विश्लेषकहरु भने चुनावी परिणामले गठबन्धनलाई केही असर नपार्ने बताउछन ।एक्लै लड्ने अवस्थामा नरहेको तथा केहि नाफा मै रहेको माओवादीले गठबन्धन आत्मसाथ गर्दा अस्तित्वकै लडाईमा रहेको एकीकृत समाजवादीले गठबन्धन छोड्ने आट नगर्ने उनीहरु बताउछन । गठबन्धन हुँदा समेत पछार्न नसकेको तथा फुटको असरलाई समेत व्यवस्थापन गर्न सफल एमालेको डर उनीहरुमा रहँदाअहिलेको मतपरिणामले सकारात्मक वातावरण सिर्जना गर्ने उनीहरुको भनाई छ ।

यसअघि नै गठबन्धन कांग्रेसका लागि फलिफाप भएपनि अरुका लागि खासै अर्थ परक नहुने धेरैको विश्लेषण थियो । त्यस्तै गतनिर्वाचनमा तेश्रो स्थानमा रहेको तथाभाग नै नलिएको दल र एमालेविचको ठुलो खाडल कांग्रेसको मतले पुर्ने चुनौती गठबन्धनमा थियो । यता कम्युनिष्टलाई कांग्रेसले भोट नहाल्ने प्रवृत्तीका बीचमा ओवादी र एकीकृत समाजवादीले पाएको भाग एमालेका लागि अवसर हुने देखिएको थियो । जुनविश्लेषण अहिले चरितार्थ हुँदा यसलाई गठबन्धनले असफलताका रुपमा लिन्छन कीअझ एक जुट हुने आवश्यकताको आधार मान्छन त्यो भने हेर्न बाँकि छ ।