विदेश

परमाणु पनडुब्बी सम्झौतालाई लिएर फ्रान्सको आपक्ति


काठमाडौँ – अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर फ्रान्सले आपक्ति जनाएको छ । आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेको भन्दै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

गत बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेको छ । यो सम्झौतालाई फ्रान्सले अस्वीकार गर्दै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्वलाई कमजोर पार्ने षड्यन्त्रका रुपमा लिएको प्रतिक्रिया दिएको छ ।