Breaking

नेप्सेमा ४२ अंकको बृद्धि, कारोबार रकममा भने अझै आएन सुधार


काठमाडौँ –आज शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले बृद्धि भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक आज ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंकमा पुगेको हो ।

व्यापारबाहेकका सबै समूहहरु बढेर हरियाली देखिएका छन् । व्यापार समूहको उपसूचक भने ५६ अंकले घटेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन । दिनभर भएका ४१ हजार ५१ वटा कारोबारबाट ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँमा रोकिएको छ ।