Breaking

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न खोजेका छैनौं : पर्यटन मन्त्रालय (विज्ञप्तिसहित)


काठमाडौँ – नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यको विषयमा अनावश्यक भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आपत्ति जनाएको छ । आइतबार एक प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले निगमका बारेमा विभिन्न महानुभावहरुबाट अनावश्यक र भ्रमपूर्ण हल्ला फैलाउने काम भएको भन्दै सोप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

गत असार १० गते नेपाल वायुसेवा निगम सञ्चालक समितिको बोर्डले निगममा रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा बोर्डबाट निर्णय गरेर मन्त्रालयमा प्रस्ताव पठाएसँगै सो विषयले निकै चर्चा पाएको छ ।