Breaking

नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, १६ एसएसपीको पनि सरुवा


काठमाडौं – नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले प्रदेशका प्रहरी प्रमुखहरूको सरुवा गरेको हो । प्रदेश १ मा डिआइजी अरुण बिसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेलको सरुवा भएको छ ।

प्रदेश २ मा कार्यरत धीरजप्रताप सिंहको सिआइबीमा सरुवा भएको छ । विशेष ब्युरोको प्रमुखमा गण्डकी प्रदेशमा कार्यरत घनश्याम अर्यालको सरुवा भएको छ । गृह मन्त्रालयले १६ एसएसपीको पनि सरुवा गरेको छ । यसैबीच, मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको छ । हाल नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको तीनवटा मात्र दरबन्दी रहेको छ ।

महानगरीय प्रहरी कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआइजीको दरबन्दी रहेको छ । अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको दरबन्दी चारवटा हुनेछ ।