समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा



काठमाडौँ –नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको उनले बताएका छन् ।

पारसले सन् २००२ देखि क्रिकेट यात्रा सुरु गरेका हुन् । उनले प्रशिक्षक, खेलाडी, प्रशंसक, सरोकारवाला सबैप्रति सदैव ऋणी रहने पनि उल्लेख गरेका छन् ।