Breaking

नेपालमा नयाँ भेरियन्ट फेला परेको जानकारी छैन :डब्ल्यूएचओ


काठमाडौँ – संसारभर कोरोना सुरु भएसँगै यसको नयाँ नयाँ भेरियन्टको पनि पहिचान भईरहेको छ । बेलायm भारत र अहिले भियतनाममा देखिएको नयाँ भेरियान्ट जुन हावाबाट पनि सर्न सक्ने भन्ने छ । यस्तै नयाँ नयाँ भेरियन्ट देखिरहेको अवस्थामा केही दिन अघि नेपालमा पनि नयाँ भेरियन्टको कोरोना भेटिएको समाचारहरु सम्प्रेषण भयो । यसको पहिलो पटक पहिचान भने डेलीमेल नामक बेलायती सञ्चारमाध्यमले गरेको थियो । तर, डब्ल्यूएचओले त्यसको खण्डन गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे आफूहरु जानकारी नभएको बताएको छ । डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’
हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।