Breaking

नेपालमा नयाँ कोरोना संक्रमित भन्दा कोरोनामुक्त हुनेको संख्या धेरै


काठमाडौँ – पछिल्लो केहि दिनयता नयाँ कोरोना संक्रमित भन्दा कोरोनामुक्त हुनेको संख्या धेरै छ । तर मृत्युदरमा भने खासै कमि आएको छैन । नेपालमा सोमबार मात्र ६ हजार ४९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ४ हजार ७६२ नयाँ संक्रमित थपिएका छन् । हालसम्म देशभर कोरोनामुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ लाख ६ हजार ४७० सक्रिय संक्रमित रहेका छन् । नेपालमा निको हुने दर ७९.७ प्रतिशत रहेको छ । त्यस्तै काठमाडौँ उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमण घट्दो क्रममा छ ।