Breaking

नेपालमा थप ६ हजार ८२५ जनामा संक्रमण पुष्टि, ७५ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप ७५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ६३० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८२५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट ३ हजार २११ जनाको परीक्षण गर्दा ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ पुगेको छ ।

आज देशभर ५ हजार ९०४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । क्वारेनटाइनमा ८३१ जना छन् ।