Breaking

नेपालमा थप ५ हजार १५३ जनामा संक्रमण पुष्टि, १०८ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १०८ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार १५३ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ६५ र एन्टिजेन विधिबाट ५ हजार ६११ जनाको परीक्षण गर्दा ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ६ हजार ५७० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।