Breaking

नेपालमा एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन् । काठमाडौँ उपत्यकामा २६०७ संक्रमित थपिएका छन् ।

काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन् ।