Breaking

नेता पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक सुरु


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बसुन्धरास्थित दियालो फुडल्याण्डमा नेता पौडेल पक्षका सदस्यहरुको बैठक सुरु भएको हो ।

आगामी भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि आवश्यक रणनीति बनाउने उद्देश्यका साथ पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बसेको बताइएको छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत सहभागी छन् ।


आगामी भदौ १६ गतेदेखि हुने महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसका नेताहरुले आफूपक्षीय नेताहरुको छलफललाई तीव्र बनाएका छन् ।