देश

नागरिक उड्डयनको प्रवक्तामा रिन्जी शेर्पा


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा उडान सञ्चालन विभाग प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा रिन्जी शेर्पालाई दिइएको छ । केही दिनअघि शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो ।

सोलुदुधकुण्ड नगरपालिका –३, लोदिङ, सोलुखुम्बु शेर्पा २०५४ भाद्र १७ गते पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, हवाई विभाग अन्तर्गत इञ्जिनियरिङ सेवा, सि.ए.अ.इ समुह, सि.ए.अ उपसमुह राजपत्रांकित तृतीय श्रेणी–एयर ट्राफिक कन्ट्रोल अधिकृत पदमा नियूक्त भएका थिए ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत प्रवक्ताको जिम्मेवारी सम्हालेकोमा शेर्पा समुदायको छाता संगठन नेपाल शेर्पा संघले सिंगो संगठन र शेर्पा समुदायको तर्फबाट बधाई समेत ज्ञापन गरेको छ ।