Breaking

नागरिकता विधेयकलाई लिएर सदनमा पुनः हङ्गामा, राष्ट्रपतिको पक्ष र विपक्षमा यसरी खुले सांसद्


काठमाडौँ — नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि पक्ष र विपक्षमा सांसदहरुले चर्काको आवाज उठाका छन् ।सांसदले विधेयकको पक्ष र विपक्षमा आ आफ्नो धारणा राखे । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा मंगलबार पेस भयो । संसदमा टेवुल हुने वित्तीकै विधेयकको पक्ष र विपक्षमा सांसदहरुले चर्काको आवाज उठाए । प्रमुख प्रतिपक्ष दल एमालेले राष्ट्रपतिको कदमलाई स्वागत गर्यो भने सक्ता घटक दलका सांसदले चर्को विरोध गरे ।

नेकपा एमालेका सांसद विशाल भट्टराईले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा कायम राख्नुपर्ने आवाज राखे । मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर बौल्दै सांसद भटराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा राष्ट्रिय सहमति तय गर्ने सुवर्ण अवसर भएको बताए । सांसद भट्टराईले नागरिकता विधेयक सन्देशसहित फिर्ता गर्दा राष्ट्रपतिलाई सरकार पक्षमा संसदहरुले विवादमा ल्याउन खाजेको आरोप उनको छ ।

नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक हुबहु संसदबाट पठाउनुपर्ने बताए । लाखौं नागरिक नागरिकता विहीन भएकाले तत्काल नागरिकता विधेयक ल्याउन आवश्यक रहेको उनको धारणा छ । सांसद कँडेलले संसदले पुनः विधेयक प्रमाणिकरणको लागि पठाउँदा संसदमा फिर्ता पठाउने कानूनी व्यवस्था नभएको बताए ।

लोकतान्त्रिक समाजावादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्ननहुने बताए । देशमा ७ लाख नागरिकहरु नागरिकता विहीन भएको संवेदनशीलताको विषयमा हेक्का राख्न उनले चेतावनी दिए । नेकपा एमालेका सांसद खगराज अधिकारीले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाएर अगाडि बढ्नुपर्ने बताए । राष्ट्रपति संस्थाप्रति आक्रामक हुनु भनेको लोकतन्त्रमाथि प्रहार गर्नुभएको उनको भनाई छ ।

सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरीसकेको छ । मंगलबार दिउँसो सकिएको सत्ता गठबन्धनको बैठकले विधेयकलाई पूर्णविराम, अर्धविराम केही फेरबदल नगरी हुबहु फेरि टेबल गर्ने निर्णय लिएको छ । यो निर्णयबाट गठबन्धनले राष्ट्रपति भण्डारीसँगको टकरावपूर्ण सम्बन्धकै निरन्तरताको रुपमा आफूलाई प्रकट गरेको छ ।