देश

नागढुंगाबाट लागु औषधसहित एक पक्राउ


काठमाडौँ – धादिङबाट काठमाडौँ आइरहेको बसबाट प्रहरीले लागु औषधसहित एक यात्रुलाई पक्राउ गरेको छ । शुक्रबार बिहान नागढुंगा नाकाबाट सञ्जय लामा नाम गरेको युवालाई पक्राउ गरेको हो ।

बा ४ ख ४४४७ नम्बरको बसमा सवार लामाको साथबाट प्रहरीले केही लागुऔषध बरामद गरेको जनाएको छ । लामा उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।