Breaking

नयाँ संक्रमित भन्दा कोरोनामुक्त हुने धेरै, थप ११६ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप ११६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार १६३ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४८७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६ र एन्टिजेन विधिबाट १७६ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ पुगेको छ ।

आज देशभर ६ हजार ८० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । क्वारेनटाइनमा ८९१ जना छन् ।