Breaking

देशभर ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ र एन्टिजेन विधिबाट १२२ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार २४३ पुगेको छ । त्यस्तै आज थप ८८८ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ७६ हजार ८३१ रहेको छ । नेपालका हाल सक्रिय संक्रमित १४ हजार ७८७ रहेका छन् ।