Breaking

देशभर ३ हजार ७२९ संक्रमित थपिए, हालसम्म मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ६७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ४३० र एन्टिजेन विधिबाट १ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार १९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् ।