Breaking

देशभर ३६५ संक्रमित थपिए, चार जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ५९४ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ र एन्टिजेन विधिबाट ३९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार २६१ पुगेको छ । त्यस्तै आज थप ६०९ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ७८ हजार ३५० रहेको छ । नेपालका हाल सक्रिय संक्रमित १४ हजार २६७ रहेका छन् ।